बिएल संवाददाता
गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।
मन्त्रालयले ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको सरुवा भोजपुरको प्रजिअका रुपमा गरेको छ। डडेलधुराका प्रजिअ विश्वराज न्यौपानेलाई जिल्ला प्रशासन कार्यालयमा पाँचथरमा सहायक प्रजिअका रुपमा सरूवा गरेकाे छ भने मुस्ताङका प्रजिअ अनुप केसीलाई सहायक प्रजिअका रुपमै रौतहटमा सरूवा गरेको छ।
मन्त्रालयले उपसचिव चेतनाथ बराललाई इलाका प्रशासन कार्यालय कटाहरीबाट ओखलढुंगाको प्रजिअका रुपमा पठाएको छ। अन्जन न्यौपानेलाई जिल्ला प्रशासन धनकुटाबाट डडेलधुराको प्रजिअमा, इलाका प्रशासन कार्यालय सिमराबाट जनकराज पन्तलाई प्रजिअका रुपमा मुस्ताङमा सरुवा गरिएको छ।
यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साबाट भिमकान्त पौडेललाई प्रजिअका रुपमा बाजुरा, गृहमन्त्रालयबाट ज्ञाननाथ ढकाललाई इलाका प्रशासन कार्यालय फर्पिङ, झरेन्द्रप्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय रौतहटबाट सहायक प्रजिअका रुपमा मकवानपुर र नेत्रप्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा सरुवा गरिएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया