आइतबार, १८ जनवरी २०२६

तीन प्रजिअसहित १० सहसचिव र उपसचिवको सरुवा, को कहाँ पुगे?

News Image
फाइल तस्बिर
• • •

गृह मन्त्रालयले तीन जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ।

मन्त्रालयले ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको सरुवा भोजपुरको प्रजिअका रुपमा गरेको छ। डडेलधुराका प्रजिअ विश्वराज न्यौपानेलाई जिल्ला प्रशासन कार्यालयमा पाँचथरमा सहायक प्रजिअका रुपमा सरूवा गरेकाे छ भने मुस्ताङका प्रजिअ अनुप केसीलाई सहायक प्रजिअका रुपमै रौतहटमा सरूवा गरेको छ। 

मन्त्रालयले उपसचिव चेतनाथ बराललाई इलाका प्रशासन कार्यालय कटाहरीबाट ओखलढुंगाको प्रजिअका रुपमा पठाएको छ। अन्जन न्यौपानेलाई जिल्ला प्रशासन धनकुटाबाट डडेलधुराको प्रजिअमा, इलाका प्रशासन कार्यालय सिमराबाट जनकराज पन्तलाई प्रजिअका रुपमा मुस्ताङमा सरुवा गरिएको छ। 

यसैगरी जिल्ला प्रशासन कार्यालय पर्साबाट भिमकान्त पौडेललाई प्रजिअका रुपमा बाजुरा, गृहमन्त्रालयबाट ज्ञाननाथ ढकाललाई इलाका प्रशासन कार्यालय फर्पिङ, झरेन्द्रप्रसाद चापागाईंलाई इलाका प्रशासन कार्यालय रौतहटबाट सहायक प्रजिअका रुपमा मकवानपुर र नेत्रप्रसाद शर्मालाई जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा सरुवा गरिएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!