काठमाडौं । न्युजिल्याण्डलाई सुपर ओभरमा हराउँदै आयोजक इंग्ल्याण्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको छ।
निर्धारित ५० ओभरको खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा इङ्ल्यान्डले न्युजील्यान्डलाई जीतका लागि दिएको १६ रनको लक्ष्य पनि बराबर भएपछि बाउड्रीका आधारमा घरेलु टोली इंग्ल्याण्डले उपाधि रक्षा गर्यो।
सुपर ओभरमा न्युजील्यान्डका तर्फबाट ट्रेन्ट बोल्टले बलिङ् गरेका थिए। उनले १५ रन दिए। ब्याटिङमा इंग्लाण्डका बेन स्टोक्स र जोस बटलर थिए।
इंग्ल्याण्डका जोफ्रा आर्चरले सुपर ओभर बलिङ् गरेका थिए। उनले पनि समान १५ रन दिए। मार्टिन गुप्टिल र निसम ब्याटिङ् गरेका थिए। अन्तिम बलमा २ रन जोड्न असफल हुँदा न्युजील्यान्ड रनर अपमै सीमित भयो।
इंग्ल्यान्डका लागि सुपर ओभरमा जोफ्रा आर्चरले बलिङ गर्दा न्युजिल्यान्डका मार्टिन गुप्टिल र जेमी निशम ब्याटिङमा आएका थिए । आर्चरले पहिलो बलमा वाइड फ्याँके र लगत्तै निशमले २ रन जोडे । दोस्रो बलमा निशमले छक्का प्रहार गरे । तेस्रो बलमा निशमले २ रन जोडे । चौथो बलमा २ रन लिएका निशमले पाँचौ बलमा १ रन लिए । अन्तिम बलमा गुप्टिलले दोस्रो रन जोड्ने क्रममा रनआउट भएपछि इंग्ल्यान्डले समान स्कोर भएपनि पराजित भएको हो ।
सुपर ओभरमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गर्दा बेन स्टोक्सले पहिलो बलमा ३ रन लिए । दोस्रो बलमा जस बटलरले १ रन जोडे । तेस्रो बलमा स्टोक्सले चौका प्रहार गरे । चौथो बलमा १ रन लिएपछि बटलरले पाँचौ बलमा २ रन लिए । अन्तिम बलमा बटलरले चौका प्रहार गरेपछि न्युजिल्यान्डले जितका लागि १६ रनको लक्ष्य पाएको थियो।
त्यसअघि जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन आवश्यक परेको अवस्थामा दोस्रो रन लिँदा रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । इंग्ल्यान्ड ५० ओभरमा अलआउट हुँदै २ सय ४१ रन जोड्यो ।