पारस खड्काको मलेसियाविरूद्ध अर्धसतक पुरा

तस्बिरः एजेन्सी

नेपालका कप्तान पारस खड्काले मलेसियाविरूद्ध अर्धसतक पुरा गरेका छन्।

खड्काले मात्र ३२ बलमा अर्धसतक पुरा गरेका हुन्। उनले ५ चौका र ३ छक्कासहित ५० रन पुरा गरेका हुन्।

खड्काको यो दोस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय अर्धसतक हो।

योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा दुई अर्धशतक बनाउने पहिलो खेलाडी बने । नेपालले अहिलेसम्म ३ खेलाडीले मात्र टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक बनाएका छन् । कप्तान पारससँगै सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

प्रकाशित मिति: : 2019-07-13 10:25:02

प्रतिकृया दिनुहोस्