को हुन् बर्ड फ्लुबाट ज्यान गुमाउने व्यक्ति : कुखुरा फार्म सञ्चालक? मासु पसले? मासु खाने कि विदेशबाट आएका?

तस्बिरः पहिलोपोष्ट

स्वास्थ्य मन्त्रालयले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै भन्यो— ' नेपालमै पहिलोपटक बर्ड फ्लुको (इन्फ्लुएन्जा ए (एच ५ एन १) संक्रमणबाट एक २१ वर्षीय युवकको मृत्यु भयो।'

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले यो जानकारी दिइरहँदा बारम्बार भनिरहेकी थिइन्, 'अप्रत्याशित घटना। हामी स्तब्ध भयौँ। यो अत्यन्तै संवेदनशील घटना हो।'

उनले पत्रकारहरुलाई लक्षित गर्दै भनिरहेकी थिइन्,— 'यो 'सेन्सेसनल न्यूज' होइन। विश्वकै चासो रहेको घटना हो। 'बर्ड फ्लु'बाट कसरी बच्ने जनताहरुलाई संवेदनशील भएर सूचना दिनुस्।'

प्रकाशित मिति: : 2019-05-03 00:28:39

प्रतिकृया दिनुहोस्