नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको हाे।
यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ थियो।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदीकाे मूल्य बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।