बुटले भकुर्ने प्रहरीको पहिचान, विभागीय कारबाही

Break n Links
Break n Links

चितवनमा सर्वसाधारणमाथि बुटले निर्धात कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ।

भरतपुर महानगरपालिका-११ बसेनी चोकमा गस्ति गर्ने क्रममा प्रहरी कर्मचारीले मोटरसाइकल चालकमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो।

मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको समयमा सडक छेउमा सेतो सर्ट लगाएका सर्वसाधारणमाथि पावर देखाउँन खोजेको भन्दै प्रहरी कर्मचारीले बुटले भकाभक हिर्काएको भिडियोमा देखिन्छ।

चितवन प्रहरी स्रोतका अनुसार कुटपिटमा प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ति भुजेलको संलग्नता पुष्टि भएको छ। घटना भने पुस १५ गते राति भएको खुलेको छ। मादक पदार्थ सेवन गरेका युवाहरू ४ वटा मोटरसाइकलमा आइरहेका थिए। सोही क्रममा प्रहरी चेकिङमा परेपछि एक युवाले माथिल्लो तहका प्रहरीलाई फोन गर्न खोजेपछि हातपात भएको खुलेको छ। 

यद्यपि कुटपिट गर्न नहुने भन्दै पदीय मर्यादा र आचरण विपरित काम गर्ने प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याउने प्रहरीको नीति अनुरुप घटनाबारे सत्थतथ्य बुझ्न छानबिन समिति पनि गठन गरेको प्रहरीले जनाएको छ।

घटनाबारे छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको चितवन प्रहरी प्रमुख एसपी गौतम मिश्रले बताए। कुटपिटमा संलग्न प्रहरी कर्मचारीमाथि कारबाही हुने उनले बताए।

प्रकाशित मिति: : 2025-01-20 12:37:00

प्रतिकृया दिनुहोस्