शेयर नदिएपछि अमेरिकाले बन्द गरिदियाे टिकटक (भिडियो रिपोर्ट)

Break n Links
Break n Links

नयाँ राष्ट्रपतिले जिम्मेवारी लिनुभन्दा अघिल्लो दिन नै अमेरिकामा टिकटक बन्द भएको छ। सोमबारदेखि राष्ट्रपति जो बाइडेनको पदावधि सकिनेछ भने नयाँ निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।

त्यसको ठिक अघिल्लो रातदेखि अमेरिकामा टिकटक बन्द भएको छ। प्रयोगकर्ताहरूको मोबाइलबाट त्यसको एप्स एकाएक हराएको छ भने वेभसाइटमा पनि भिडिओहरू नदेखिने भएको छ। माइक्रोब्लगिङ यो सामाजिक सञ्जाल विश्वभरि नै छोटो समयमा निकै चर्चित भयो। तर चिनियाँ कम्पनीले बनाएको यो टिकटक भने अमेरिकामा पहिलादेखि नै विवादमा थियो।

भिडियो-

खासगरी अमेरिकाले टिकटकलाई अमेरिकालाई आफ्नो शेयर बिक्री गर्न भनेको थियो। आफूलाई शेयर बेच्नका लागि अमेरिकाले छ महिनाको समय दिएको थियो। तर टिकटिकको माउ कम्पनी बाइटडड्यान्सले बेच्न मानेन।

त्यसअघि गत वर्षको अप्रिलमा अमेरिकी राष्ट्रपति बाइडेनले एउटा विधेयकमा हस्ताक्षर गरिसकेका थिए र त्यो विधेयकमा टिकटक कम्पनीले अमेरिकालाई शेयर नबेचे बन्द गरिने व्यवस्था गरिएको थियो।

टिकटकले ‘वाक स्वतन्त्रता’को अधिकारमाथि हस्तक्षेप भएको भन्दै अमेरिकी सरकारको विधेयकविरुद्ध अदालतमा मुद्दा गरेको थियो। त्यसपछि फेरि अमेरिकाले बालबालिकाहरूको विवरण दुरुपयोग गरेको भन्दै टिकटकमाथि नै मुद्दा हालिदियो। 

अमेरिकी अदालतले टिकटकले दायर गरेको मुद्दा भने गत डिसेम्बरमा खारेज गरिदियो। त्यो विधेयकअनुसार टिकटकले अमेरिकालाई शेयर बिक्री नगरे २०२५ को जनवरीदेखि प्रतिबन्ध लाग्ने व्यवस्था थियो।

त्यसपछि नयाँ निर्वाचित राष्ट्रपति ट्रम्पले आफूले त्यसको राजनीतिक समाधान खोजिरहेको भन्दै फैसला केही समयका लागि सार्न अदालतलाई अपिल गरेका थिए। त्यसो हुँदा अमेरिकामा टिकटक प्रतिबन्ध हुँदैन कि भन्ने आशा थियो। कोभिडको समयमा टिकटकप्रति निर्मम नै देखिएका ट्रम्पले अहिलेको चुनावी अभियानमा टिकटकमार्फत प्रचार प्रभावकारी भएको भन्दै केही नरम देखिएका थिए।

तर दुई दिनअघिमात्रै अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षाको चिन्ताको कारण देखाउँदै टिकटक प्रतिवन्ध लगाउनसक्ने कानुन लागु गर्न आदेश दियो।

करोडौ अमेरिकी प्रयोगकर्ता रहेको टिकटकमा ७ हजारभन्दा धेरै कर्मचारी पनि अमेरिकी छन्।

प्रकाशित मिति: : 2025-01-19 15:15:00

प्रतिकृया दिनुहोस्