बिएल संवाददाता
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनबिना रुससँग लड्न युक्रेनलाई कठिन हुने स्वीकार गरेका छन्।
ट्रम्पसँगको तनावपूर्ण वार्तापछि अमेरिकी टेलिभिजन फक्स न्यूजसँग कुराकानी गर्दै जेलेन्सकीले युक्रेनलाई रूसको ठूलो र राम्रो सशस्त्र सेनाविरुद्धको लडाइँमा वासिङ्टनको सहयोगको खाँचो रहेको बताए।
उनले अमेरिका र युक्रेनबीचको सम्बन्ध ‘दुई राष्ट्रपतिका लागि भन्दा माथि’ रहेको बताउँदै भने, ‘अमेरिका र ट्रम्पको समर्थन बिना यो यात्रा पक्कै कठिन हुनेछ।’
उनले अमेरिका र ट्रम्पसँगको आफ्नो सम्बन्ध अझै सुधार गर्न सकिने बताए। फक्स न्युजले ‘ट्रम्पसँगको सम्बन्ध सुधार गर्न सकिन्छ?’ भनेर सोधेको प्रश्नमा जेलेन्स्कीले भने, ‘पक्कै पनि सकिन्छ।’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले आफूहरूको समय खेर फालेकोमा माफी माग्नुपर्ने बताएपछि जेलेन्स्कीलाई फक्स न्युजले माफी माग्ने सम्भावना छ कि छैन भनेर सोधेको थियो।
जेलेन्स्कीले भने, ‘हामीले केही नराम्रो/गल्ती गरेका छौं जस्तो मलाई लाग्दैन।’
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया