वरिष्ठ अधिवक्ता त्रिपाठीमाथिको आक्रमण राजनीतिक अनुशासन विपरित- वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का कार्यकर्ताबाट भएको आक्रमण राजनीतिक अनुशासन विपरित भएको सरोकारवालाहरूले बताएका छन्।

वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रास्वपाका समर्थकबाट भएको काम निन्दनीय र गर्न नहुने भएको बताए। शुक्रबार नेपाल बार एसोसियसनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अराजकशैली भएको बताए।

उनले जनताहरूमाथि यातना दिने काम गर्ने सरकारको विरुद्धमा लडिरहने कानून व्यवसायीहरूमाथि यस्ता आक्रमण हुनु निन्दनीय भएको बताए।

‘अराजकशैलीले जनताहरूमाथि यातना दिने काम गर्ने सरकारका विरुद्धमा लडिरहने कानून व्यवसायीहरूलाई आक्रमण कस्तो तत्वले गर्छ भन्ने स्पष्ट छ। यदि जानेर नजानेर रास्वपाका समर्थकले यस्तो काम गर्नुभएको हो भने निन्दनीय छ,’ उनले भने।

यस्तै, उनले रास्वपा राजनीतिक अनुशासनमा छैन् भनिरहँदा गठबन्धन दलका समर्थकहरूबाट जुन गाली गर्ने काम भयो त्यो अमान्य भएको बताए।

बुधवार रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणका सम्बन्धमा थुनछेक बहस गरेर निस्किने क्रममा अधिवक्ता त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा रास्वपाका कार्यकर्ताहरूले आक्रमण गरेका थिए।

बार एसोसिएसनले उक्त हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाप्रति घोर भत्र्सना गरेको छ।

प्रकाशित मिति: : 2025-01-17 15:25:00

प्रतिकृया दिनुहोस्