मृत्युको मुखबाट फर्किएका सैफ अली खान

photo–agency/file photo
photo–agency/file photo

सैफ अली खान बलिउडका ती अभिनेता र निर्मातामा पर्छन्, जो राजनीति, धर्म र व्यक्तिगत जिन्दगीबारे खुलेरै कुरा गर्छन्।

खासमा, सैफका पिता मन्सूर अली खान चर्चित भारतीय क्रिकेटर थिए। साथै पटौदी खानदानका वंश पनि। त्यसैगरी आमा शर्मिला टैगोर बलिउडकी परिचित अभिनेत्री थिइन्। जसको सम्बन्ध नोबेल पुरस्कार विजेता रबीन्द्रनाथ टैगोरसँग थियो।

स्वतन्त्रतापछि पनि मन्सूर अली खानलाई १९७१ सम्म ब्रिटिश युगको पटौदी रियासतको नवाबको उपाधि कायम राख्न अनुमति दिइएको थियो। त्यसपछि भारत सरकारले सबै रियासतहरू खारेज गर्यो।

यो परिवारको इतिहास २०० वर्षभन्दा पुरानो छ। गुरुग्रामबाट करिब ३०-३५ किलोमिटर टाढा पटौदीमा बनेको सेतो दरबार पटौदी परिवारको प्रतीक हो। २०११ सालमा मन्सूर अली खानको निधनपछि हरियाणाको पटौदी गाउँमा सैफको राज्याभिषेक भयो। र, उनी १० औँ नवाब बने।

सैफ अब पटौती खानदानका ‘नवाब’ हुन्। भलै, त्यसको कुनै औपचारिक उपाधि छैन। तर उनलाई बलिउडमा अक्सर ‘छोटे नवाब’ भनेर बोलाउने गरिन्छ।

आमाबाट प्रभावित

१९६० को दशकमा भारतीय टोलीको बागाडोर सम्हाल्ने मन्सूर अली खान पटौदीले भारतको लागि ४७ टेस्ट खेले। जसमा ४० टेस्ट म्याचमा उनले भारतीय टिमको कप्तानी गरे।

उनले २१ वर्षको उमेरमा भारतीय टोलीको कप्तानीको जिम्मेवारी पाएका थिए। सैफ अली खानका हजुरबुबा इफ्तिखार अली खान पटौती स्वतन्त्रअघि भारतीय टेस्ट टोलीको सदस्य थिए।

सैफ अली खानका आफन्तहरूमा मेजर जनरल शेर अली खान पटौती समावेश थिए। जसले पाकिस्तानी सेनामा सेवा दिए। त्यही पाकिस्तानी क्रिकेट बोर्डका पूर्व चेयरम्यान शहरयार खान पनि सैफ अली खानका आफन्त थिए।

मन्सूर अली खानले २७ दिसेम्बर १९६९को बलिउडकी चर्चित अभिनेत्री शर्मिला टैगोरसँग विवाह गरे। १६ अगस्त १९७० मा जन्मेका सैफ अली खानको बाल्यकाल क्रिकेट र फिल्मी क्षेत्रमा बितेको थियो। सुरुआती पढाइ हिमाचल प्रदेशको ‘द लरेन्स कलेज’बाट गरेका सैफ अली खानले इङल्याण्डको विनचेस्टर कलेजमा पनि पढे।

द ग्रेड इन्डियन कपिल शोको २ एपिसोडमा सैफ अली खानले दिग्गज क्रिकेटरका छोरा भएरपनि क्रिकेटरमा आफ्नो करिअर नबनाएको बारेमा चर्चा गरेका थिए। कारण उनी आमा शर्किला टैगोर थिइन्। जसको भागमा अराधना, अमर प्रेमजस्ता कयौं चलेका बलिउड फिल्महरू थियो। उनले अभिनय उनले आमाको विरासतबाट पाएको बताएका थिए।

उनी मान्छन् कि उनका बुबाको क्रिकेटको विरासत पनि उनीसँगै छन्। तर, उनलाई सिनेमा जगतमा आमाको चर्चाका कारण फिल्मी क्षेत्रमा डोहोर्‍यायो। त्योभन्दा पहिले पनि उनले आफू क्रिकेटर नबन्नुको कारण खुलाएका थिए। उनलाई लाग्थ्यो कि उनी आफ्नो पिता जस्तै क्रिकेट खेल्न सक्दैनन्।

उतार-चढावले भरिएको फिल्मी करियर

सैफ अली खानको ३० वर्षे लामो फिल्मी करिअर उतार-चढावले भरिएको छ। उनले १९९३ सालमा फिल्म ‘परम्परा’बाट बलिउडमा डेब्यू गरेका थिए। तर त्यो फिल्म खासै चलन सकेन। सैफले त्यस्ता धेरै फिल्महरूको सामना गर्नुपर्यो जुन फ्लप सावित भए। ‘आशिक आवारा’मा उनको अभिनयको प्रंशसा भयो।

र, उनलाई ‘फिल्मफेयर’ अवार्ड पनि दिइयो। त्यसपछि उनमाथि एक अभिनेताको आधार प्रश्न उठ्न थाले। एक अन्तवार्तामा सैफसँग प्रश्न गरिएको थियो कि उनका बुबाआमाले सानै उमेरमा सफलता हासिल गरे तर उनलाई मुश्किलले सफलता हासिल भयो।

त्यसमा सैफले भनेका थिए, ‘यसको जवाफ मसँग छैन। तर, मलाई लाग्छ कि प्रत्येक व्यक्तिको बाटो अलग छ। मलाई यति चाहीँ थाह छ कि मैले सही काम चुनें। काम गर्दा मलाई धेरै रमाइलो लाग्छ। सफलता मिलोस् या नमिलोस्। मलाई आशा छ कि मिल्छ नै, तर म यो समय पनि धेरै खुसी छु।’

विस्तारै-विस्तारै सैफ अली खानले फिल्ममा अभिनय गर्नका लागि प्रत्येक बाटोलाई अपनाउन थाले। ९० को दशकमा उनी रोमान्टिक एक्शन हिरोको रुपमा फिल्ममा देखिएका थिए। र, २००० सालमा देखाएका थिए कि उनी कमेडी पनि गर्न सक्छन्। २००१ सालमा ‘दिल चाहता है’ मा उनले पूरै तरिकाले आफूलाई कमेडी रोलमा प्रमाणित गरेका थिए। 

यो फिल्म हिट भयो र यसपछि उनको करियरले फरक मोड लियो। २००६ को फिल्म ओमकारामा सैफ अली खानको अभिनयले उनलाई केही गम्भीर अभिनेताहरूको सूचीमा राख्यो। सैफले प्रमाणित गरे कि उनी कमेडीको साथसाथै गम्भीर भूमिका पनि खेल्न सक्छन्।

तर त्यसपछि उनले ‘हमसकल’ र ‘ह्यापी इन्डिग्स’ जसता फिल्ममा काम गरे। जसको कारण उनले खूबै आलोचना भोग्नुपर्यो। केही समयको लागि उनी फिल्मी दुनियाँबाट टाढिए। र, रंगुनबाट कमब्याक गरे। त्यो फिल्मले पनि बक्सअफिसमा जलवा देखाउन सकेन। तर उनको कामको प्रशंसा भयो। र, फेरि २०१८ सालमा उनले ‘सैकरेड गेम्स’बाट वेब सिरिजमा डेब्यू गरे। उनको भूमिका प्रहरी अधिकारी सरताज सिंहको धेरै प्रंशसा गरियो।

स्पष्टवक्ता सैफ

सैफ अली खान आफ्नो विचार राख्नका लागि चर्चित छन्। उनले यो भनिसकेका छन् कि कसरी उनको झुकाव आध्यात्मतर्फ धेरै छ। सन् २०२१ मा जब सैफ अली खानको फिल्म भूत पुलिस रिलिज हुन लागेको थियो, उनले आफू आध्यात्मिक भएको तर धार्मिक नभएको बताएका थिए। उनले भनेका थिए, ‘धेरै धर्मले मलाई सताउँछ।’

भगवान र भूतहरूको बारेमा कुरा गर्दै सैफ अली खानले समाचार एजेन्सी पीटीआईलाई भनेका थिए, ‘वास्तविक जीवनमा म नास्तिक हुँ। म धर्मनिरपेक्ष छु यस अर्थमा कि धेरै धर्मले मलाई सताउँछ। किनकि यसले जीवनभन्दा मृत्युलाई बढी जोड दिन्छ। पछि यसले हार मान्छ। मलाई लाग्छ धर्मको धेरै भाग एउटा संगठन जस्तै हो र त्यहाँ धेरै समस्याहरू आउँछन् जसले भन्छ- कसको भगवान राम्रो छ, मेरो वा तपाईंको? म प्रार्थना गर्छु र मेरो ऊर्जा मेरो काममा केन्द्रित गर्छु। म धेरै आध्यात्मिक छु।’

उनको २०२३ को फिल्म आदिपुरुष र ओटीटी शृंखला ताण्डवमा पनि उनका पात्रहरूले विवाद भोगे। सैफ अली खानले आदिपुरुष फिल्ममा लंकेश्वर (रावण)को भूमिका निभाएका थिए, जुन धेरैलाई मन परेन।

सैफ अली खानले १९९१ मा अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए। अमृता सिंह उनीभन्दा १२ वर्ष जेठी थिइन् र त्यसैले यो विवाहको धेरै चर्चा भएको थियो। तर १३ वर्षपछि दुवैले २००४ मा सम्बन्ध विच्छेद गरे। सन् २०१२ मा सैफले बलिउड अभिनेत्री करीना कपूरसँग विवाह गरे।

करिना कपूरले २०१६ मा आफ्नो पहिलो छोरा तैमुर अली खानलाई जन्म दिइन्। नाम सार्वजनिक हुने बित्तिकै विवाद भएको थियो। नामको विरोध गर्नेहरूले यो विदेशी आक्रमणकारी शासकको नाम हो भन्दै आलोचना गरेका थिए। 

यद्यपि, जब सैफलाई यो विवादको बारेमा प्रश्न गरिएको थियो, उनले भनेका थिए, ‘मलाई यो नाम मन पर्यो। मैले यो नामको ऐतिहासिक महत्वको बारेमा धेरै सोचेको थिइनँ।’

जीवनको ५६ बसन्त पार गरिरहेका सैफ अली खान अहिले भने लीलावती अस्पतालको बेडमा लम्पसार छन्। गत बुधबार राति उनीमाथि छुरा प्रहार भएको थियो। उनको शरीरमा ६ भागामा चोट लागेको छ। र, उनको शल्यक्रिया पनि भयो।

र, सैफ अली खान मृत्युको मुखबाट फर्किएका छन्। ‘आईसीयू’बाट बाहिरिएका उनी अहिले खतरामुक्त छन्।

प्रकाशित मिति: : 2025-01-18 09:30:00

प्रतिकृया दिनुहोस्