बलिउडमा अभिनेता–अभिनेत्री जत्तिकै चर्चित महेश भट्ट। उनी पेशाले डायरेक्टर, प्रोड्यूसर र स्क्रीन राइटर हुन्।
भलै, उनले हिन्दी सिनेमालाई धेरै उत्कृष्ट फिल्महरू दिएका छन् त्याेपनि उनी आफ्नाे व्यक्तिगत जीवनमा निकै विवादित छन्।
महेश भट्टको जन्म २० सेप्टेम्बर १९४८ मा मुम्बईमा एक हिन्दू बुबा र एक मुस्लिम आमाको घरमा भएको थियो।
उनले आफ्नो स्कूल शिक्षा मुम्बईको माटुंगास्थित डन बोस्को हाई स्कूलबाट गरेका थिए। स्कूलको समयमा उनले पैसा कमाउन काम गर्न थाले। उनले उत्पादनको विज्ञापन पनि गरे।
महेश भट्ट विशेष गरी आफ्नो प्रेम जीवनको कारणले समाचारमा छाइरहन्छन्। जब उनी २० वर्षको थिए र कलेजमा पढ्दै थिए, उनलाई लोरियन नामकी केटीसँग प्रेम भयो।
लोरियन एक क्याथोलिक थिइन् र मुम्बईको एक अनाथालयमा पढ्थिन्।
एक अन्तर्वार्तामा महेश भट्टले भनेका थिए, ‘म उनलाई भेट्न अनाथालयको भित्ता नाघेर जान्थें, तर एक पटक हामी पक्राउ परेपछि उनले त्यो ठाउँ छोड्नुपर्थ्यो। टाइपिस्ट बनेर उनले आफ्नो लागि केही गर्न सकून् भनेर मैले उनलाई वाइडब्लूसीएमा भर्ना गराएँ। मैले पनि काम गरिरहेँ। मैले डाल्डा र लाइफबॉयको लागि विज्ञापन बनाएँ।’
त्यसपछि लोरियन र महेशले २० वर्षको उमेरमा विवाह गरे।
लोरियनले आफ्नो नाम परिवर्तन गरेर किरण राखिन्। विवाहपछि लोरियनले छोरी पूजा भट्टलाई जन्म दिइन् तर चाँडै नै लोरियन र महेशको सम्बन्धमा दरार आयो। दुवै अलग भए तर सम्बन्ध विच्छेद भने गरेनन्।
लोरियनसँग सम्बन्ध विच्छेद नगरी महेशले परवीन बाबीसँग विवाहबाह्य सम्बन्ध राखे।
परवीनले महेशलाई भट्दा उनी आफ्नो करियरको शिखरमा थिइन्। दुवै सँगै बस्न थाले। तर यो प्रेमकथाको अन्त्य धेरै पीडादायी भयो।
डाक्टरहरूका अनुसार परवीन मानसिक रूपमा बिरामी थिइन् र त्यो रोगको कुनै उपचार थिएन।
महेशले उनको अमेरिकामा उपचार पनि गराए तर उनी निको भइनन्। यसबाट निराश भएर महेशले परवीनलाई छोडेर आफ्नी पहिलो श्रीमती किरणकहाँ फर्किए। यसै क्रममा छोरा राहुल भट्टको जन्म भयो।
यसपछि महेशमाथि परवीनको स्टारडमको फाइदा उठाएको र उनलाई प्रयोग गरेको आरोप पनि लाग्यो। यसै क्रममा महेशले फिल्म 'अर्थ' लेख्न थाले, जुन उनको जीवनको सत्य थियो।
परवीनले आफ्नो जीवनको अन्तिम दिनहरू एक्लै बिताए र जनवरी २२, २००५ मा उनको मृत्यु भयो। त्यसपछि महेश भट्टले उनको शव दाबी गर्न अगाडि आए।
परवीनसँग अलग भएपछि महेश भट्ट सोनी राजदानसँग नजिक भए। सोनीले उनको फिल्म सरांशमा काम गरेकी थिइन्।
दुवै एकअर्कासँग प्रेममा परे र सोनीले महेशलाई उनका अघिल्ला दुई सम्बन्धका नराम्रा सम्झनाहरूबाट बाहिर निकालिन्।
सोनीका बुबाले महेश भट्टलाई आफ्नी छोरीसँग विवाह गर्नुअघि किरणसँगको पहिलो विवाह तोड्न भने तर उनले त्यसो गरेनन्। त्यसपछि महेशले इस्लाम धर्म अपनाए र सोनीसँग विवाह गरे। यसपछि महेश छोरीहरू शाहीन र आलियाका पिता बने।
अफेयरकाे कारण चर्चामा छाइरहेका उनकाे नाम छाेरी पूजा भट्टसँग पनि जाेडियाे।
भट्टले आफ्नी छोरी पूजासँग एक पत्रिकाको लागि गरेको फोटोसुट सबैभन्दा बढी समाचारमा थियो।
वर्षौं अघि, उनले स्टारडस्ट पत्रिकाको लागि पूजासँग लिपलक दृश्य दिएका थिए। यो फोटोसुट पत्रिकाको कभर पेजमा छापिएको थियो।
यस कभर पेजको हेडलाइन थियो, ‘यदि पूजा मेरी छोरी नभएको भए। म उनीसँग विवाह गर्थें।’ यो तस्बिरले यति धेरै विवाद सिर्जना गर्यो कि पूजा र महेश भट्ट दुवैले यो तस्बिरलाई नक्कली बताएका थिए।