बिएल संवाददाता
उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ दलले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन सुरू गरेका छन्।
उपसभामुखमाथि महाभियोग लगाउन नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन सुरू गरेकाे हाे।
एमालेले आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरिसकेकाे छ भनेकांग्रेस सचेतक सुशीला थिङले हस्ताक्षर संकलन गरिरहेकी छन्।
साेमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखको आचरण सही नभएको भन्दै महाभियोगको प्रस्ताव लैजानुपर्ने बताएका थिए।
उपसभामुख रानाले पद अनुकूल आचरण नगरेको सत्तारुढ दलहरूको आरोप छ।
‘पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधिसभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ। यद्यपि महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा लैजान साना दलहरुलाई पनि मनाउनुपर्ने बाध्यता छ।
संविधानको धारा ९१ उपधारा ९६० को (ग) मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ।
रास्वपाबाट उपसभामुख बनेकी रानामाथि केही युवालाई अमेरिका पठाउन अन्तर्वार्ताका लागि समय मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको आरोप छ।
रानालाई पदबाट हटाएपछि काँग्रेसकाे तर्फबाट उपसभामुख बनाउने तयारी रहेकाे बताइएकाे छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया