बिएल संवाददाता
नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई राजीनामा दिन सुझाव दिएको छ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले प्रणाली, व्यक्तिको आचरण वा पदीय दायित्वमा रहेर गर्नुपर्ने काममा प्रश्न उठे पद छोड्नुपर्ने बताएका हुन्।
‘उपसभामुखज्यूलाई सुझाव छ, यत्रो प्रश्न उठेको छ भने उहाँले आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रन्छ?, प्रश्न उठ्नु र जवाफदेहीता चाहिन्छ भन्नु लोकतन्त्रको हत्य होइन। लोकतन्त्रलाई थप बलियो बनाउन मद्दत पुग्छ। सांसदहरुबारे प्रश्न उठ्यो भने के गर्ने भन्ने कानुन नियम बनाउन, व्यक्तिगत रुपमा निरन्तर पीडित हुनुभन्दा खुला किताब र सबैको निम्ति पारदर्शीता प्रदर्शन गर्न मार्गप्रशस्त गरे हुन्छ’, उनले भने।
विगतमा आफूमाथि प्रश्न उठेपछि मन्त्रीबाट राजीनामा दिएको स्मरण गर्दै उनले दोषी हो वा होइन कानुन वा कुनै छानबिन भए त्यसले देखाउने बताए।
संसदको बैठकको सुरुमै रास्वपाले विशेष समय लिएर संवैधानिक परिषदबाट बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजिएको भन्दै आपत्ति जनाएपछि एमाले सांसद बास्कोटाले लोकतन्त्रमा सबैमाथि प्रश्न उठाउन पाउने बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया