बिएल संवाददाता
प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने कुरा मान्य नहुने बताएकाे छ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद सन्तोष परियारले यस्ताे बताएका हुन्।
‘जब शासकहरु भ्रष्ट हुन्छन्, जब शासन सत्ताले राज्यका सबै अंग वा निकायहरुलाई निकम्मा बनाउँछ त्यसपछि राज्यहरु असफल हुँदा रहेछन् । आज बिहान समाचारहरु हेर्दा मलाई लाग्छ, याे राज्य अब लोकतन्त्रमाथि आक्रमण गर्दैछ’, उनले भने, ‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरा, राजनीतिक पार्टीहरु बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिल्यै पनि मान्य हुने छैन’, उनले भने।
सांसद परियारले संवैधानिक परिषदमा आफ्नाे बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिएकाे बताए।
‘आज सम्मानित पदलाई एउटा परिषद्मा आफ्नाे बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने दलहरू गुपचुपमा सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्दै हुनुहुन्छ, स्मरण रहोस् राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा राजनीतिक मुद्दा गुमाउला, यो देशले सम्मानित पद गुमाउला तर लोकतन्त्रको लागि राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ जनताको पक्षमा लड्नेछ,’ उनले भने।
परियारले संख्या र सत्ता शक्तिको नाममा राज्य चलाउने हो भने जनताको सार्वभौम सत्ता अघि कोही पनि नटिक्ने बताए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया