माओवादीले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने

नेकपा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने भएको छ।

मंगलबारदेखि काठमाडाैँ जारी माओवादीकाे विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम र चुनाव चिह्न नफेर्ने बताएका हुन्।

अधिवेशनमा समूहगत छलफलका क्रममा सहभागी पदाधिकारीहरूले पार्टीको नाम र चुनाव चिह्न सुझाव दिएका थिए। तर  प्रचण्डले अहिले पार्टीको नाम र चिह्न फेर्न नहुने बताएका हुन्।

प्रकाशित मिति: : 2024-02-15 17:27:00

प्रतिकृया दिनुहोस्