काठमाडौँमा बिहीबार मध्यराति भूकम्पको धक्का महसुस भएको छ। गहिराे निद्रामा सुतिरहेका काठमाडौँबासी जमिन हल्लिएपछि एकाएक बाहिर निस्किँदा हल्लीखल्ली मच्चिएकाे थियाे।
स्राेतकाअनुसार, मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएकाे छ।
चित्लाङ केन्द्रविन्दु भएर बिहीबार बिहान १ बजेर १९ मिनेट जाँदा ४.५ रेक्टरकाे भूकम्प गएकाे खानी तथा भू-गर्भ विभागका वरिष्ठ भूकम्पविद् भरतप्रसाद काेइरालाले जानकारी दिएका छन्।
भूकम्पकाे महसुस राजधानी काठमाडाैँ र छेउछाउका जिल्लाहरूमा पनि गरिएकाे थियाे।
— अपडेट