दुर्गा प्रसाईंको आन्दोलनको उद्घाटन बल्खु चोकबाट हुने

File Photo
File Photo

दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तय गरेकाे मंसिर ७ गतेका आन्दाेलन बल्खुमा हुने भएकाे छ। मंगलबार काठमाडौँ जिल्ला प्रसाशन कार्यालयमा बसेको प्रशासन र प्रसाईं समूहबीचको बैठकबाट आन्दोलन कार्यक्रम बल्खु चोकबाट गर्ने तय भएको आन्दोलन संयोजक हरि कार्कीले जानकारी दिए।

प्रसाईं समूहले सुरुमा माइतीघर मण्डलाबाट आन्दाेलनकाे उद्घाटन गर्ने तय गरेकाे थियाे। यद्यपि, साेही दिन एमालेनिकट युवा संघ नेपालले पनि आन्दाेलन कार्यक्रम गर्ने घाेषणा गरेपछि प्रशासनले दुवै समूहकाे लागि माइतीघर मण्डला क्षेत्र निषेध गरेर अन्य स्थान ताेकिदिएकाे हाे।

अब प्रशासनसँगकाे सहमतीअनुसार दुर्गा प्रसाईं समूहकाे आन्दाेलन कार्यक्रम बल्खुबाट हुने भएकाे छ। संयाेजक कार्कीका अनुसार आन्दाेलनकाे उद्घाटन दिउँसाे १ बजे हुनेछ। त्यसकाे लागि देशभरबाट पाँच लाख मानिस उतार्ने प्रसाईं समूहकाे दाबी रहेकाे छ।

आन्दाेलनकाे उद्घाटन बल्खु चाेकबाट हुने भए पनि त्यसअघिकाे र्‍यालीकाे रुट ६ गते साँझसम्म मात्र टुङ्गाे लाग्ने कार्कीले जनाकारी दिए।  

महाअभियनाले भ्रष्टाचार, बेथिति, कुशासन तथा लाेकतान्त्रिक व्यवस्थाविरुद्ध बृहत् नागरिक आन्दाेलन गर्न लागेकाे हाे।

एउटा दुर्गा प्रसाईंले हल्लाइरहेको सिङ्गो ‘राज्यसत्ता’

आन्दोलनमा सहभागी सबै दुर्गा प्रसाईं हुन्– हरि कार्की

प्रकाशित मिति: : 2023-11-21 11:26:00

प्रतिकृया दिनुहोस्