प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना

प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन्। 

शुक्रबार शुभकामना सन्देश मार्फत उनले तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउने गरेको भन्दै ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिउका हुन्। 

सन्देशमा भनिएको छ,‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व। तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना!’

प्रकाशित मिति: : 2025-02-28 11:07:00

प्रतिकृया दिनुहोस्