दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले यही मंसिर ७ गते काठमाडौँमा ‘वृहत् नागरिक मुक्ति आन्दोलन’ गर्दैछ। भ्रष्टाचार, बेथिति, कुशासन, दलाल, कमिशनखोर, घुसखोरहरुबाट अन्याय, अत्याचार, शोषण, दमन अन्यायमा परेका गरिब, निमुखा, पीडित सर्वहारवर्ग, भुइँमान्छे, दुखी नागरिकहरु र नेपाली सम्पूर्णले मुक्ति पाउने दिनको रुपमा गर्न लागिएको आन्दोलनको व्यापक तयारी भइरहेको छ। आन्दोलनमा देशभरबाट नागरिकहरु सहभागी हुँदैछन्।
व्यापक रुपमा प्रचासप्रसार तथा चर्चामा रहेको यस आन्दोलनबारे महाअभियानका केन्द्रीय अध्यक्षमण्डल सदस्य तथा संगठन एवम् कार्यक्रम प्रमुख हरि कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:
आन्दोलनको उद्देश्य के हो? के यो सफल होला?
सबैभन्दा पहिला त यो बुझौँ कि आन्दोलन सफल भइसकेको छ, केबल औपचारिक रुपमा घोषणा गर्नमात्र बाँकी हो।
स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुले धेरैपटक विश्वास र आशा गरेतापनि वर्तमान अवस्थामा विकास र समृद्धिको कुरै छाडौँ एकछाक पनि खाने वातावरण बनाउन नसक्ने यी ‘महापापी’हरुलाई फालेर साँच्चिकै आम नागरिकले चाहेको व्यवस्थालाई स्थापित गर्नु यो आन्दोलनको उद्देश्य हो।
संगठनबिना उद्देश्य प्राप्त होला र?
वर्तमान अवस्थालाई बुझ्दा करिब तीन करोड नेपाली जनता हाम्रो संगठन हो। स्वतस्फुर्त आफैँ संगठित भइरहनुभएको छ। यो प्रकारको संलग्नता नेपाल राज्य एकीकरणको बेला बडामहाराज धिराज पृथ्वीनारायण शाह र अहिले देखिएको छ भन्ने कुरा विभिन्न विषयका ज्ञाता तथा इतिहास बुझ्नेहरुले दिइरहेको अभिव्यक्तिबाट प्रष्ट हुन्छ। सम्पूर्ण नेपालीको एउटै स्वर भएको यो पहिलोपटक हो।
अहिले यो मुक्तिको आन्दोलनमा सहभागिता जनाउने प्रेरक नागरिक स्वयम् दुर्गा प्रसाईं हो। प्रत्येक व्यक्ति सच्चा नेपाली आमाको सन्तान हो। यो व्यवस्थामा लुटतन्त्र मच्चाउनेविरुद्ध प्रत्येक नागरिकहरु एटम बमको रुपमा उपस्थित हुँदैछन्, एक यिनीहरुले एकदिन पनि थेग्लान त?
व्यवस्थापन कसरी भइरहेको छ? सहयोग राम्रो आएको छ भन्ने सुनिन्छ।
संख्यात्मक तथा गुणात्मक रुपमा हामी व्यवस्थापन गर्न सक्षम छौँ। किनकि इतिहासमै स्वयम् नेपालीहरुले आफ्नो लगानीमा यो मुक्तिको आन्दोलनलाई सफल बनाउँदैछन्। यातायात हुनेहरुले यातायात, चामल हुनेहरुले चामल, दाल हुनेहरुले दाल, बस्ने ठाउँ हुनेहरुले बस्ने ठाउँ स्वयम् आफैँ व्यवस्थापन गर्नुभएको छ। यो राष्ट्रिय एकताको सन्देश पनि हो। तपाईं बुझ्नु कि हामी कुनै दलाल, व्यापारी, तस्कर, भ्रष्ट नेता तथा विदेशीहरुको एकसुका पनि लिँदैनौँ। राष्ट्रिय सान र मानका साथ यो आन्दोलन सफल भइरहेको छ।
आन्दोलन सफल भएपछि नेपाली जनताले साँच्चै सुखको अनुभूति गर्छन् त?
अबको व्यवस्थाको कार्यान्वयन स्वयम् नागरिकले नै गर्ने हुँदा स्वयम्ले स्वयम्लाई ढाट्ने, छल्ने गर्लान् र? नयाँ व्यवस्था आएको तीन–चार दिनमा सबै त नभनौँ धेरै प्रकारका सुधारको अनुभूति अवश्य हुनेछ।
अन्त्यमा?
यो आन्दोलन, जसलाई हामीले मुक्तिको अन्तिम लडाइँ भनेका छौँ। यसमा नेतृत्व गरिरहनुभएका साथीहरुले सबै राष्ट्रवादी साथीहरु, राष्ट्रवादी चेतहरु तथा आमराष्ट्रवादी महानुभावहरु यो आन्दोलनमा छुट्दैनन्। र, उहाँहरु पनि यो ऐतिहासिक आन्दोलनमा छुट्नु हुनेछैन भन्ने हाम्रो तयारी तथा बुझाइ हो। जो यो आन्दोलनबाट छुट्छ र अरुलाई यो आन्दोलनबाट छुटाउन खोज्छ यो बुझौँ कि ऊ नेपाली आमाको सन्तान हाेइन।
अन्त्यमा यो अभियानलाई मुक्तिको आन्दोलनमा परिणत गराउन सफल सम्पूर्ण नेपाली बुबा–आमा, दाजु–भाइ तथा दिदी बहिनीहरुमा हाम्रो तर्फबाट हार्दिक नमन्।
हरी जि तपाई संग कति संगठन बिस्तार क्षमता छ छैन भगबान जानु ललितपुर को कुरा गर्नु पर्दा तपाई ले अर्थात दुर्गा प्रसाई को अभियान का लागि टोकिएका जिल्ला संयोजक (अशोक केसि) ले सम्पर्क का लागि आफ्नो वाल मा राख्दा ३ जना ले २४घण्टा भित्र लाईक , कमेन्ट र बधाई आउदैन भने कस्तो ब्यक्ति लाई जिम्मा दिदैछेो ....... म यो भन्दा बढि नबोलेो उहाँ को भित्रि शक्ति के छ मैले बुझ्दैन