राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

File Photo
File Photo

राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

कात्तिक २२ गतेदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको राष्ट्रपतिकाे भ्रमण स्थगित भएको हाे।

विनाशकारी भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले भ्रमण स्थगित गरिएको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसे जानकारी दिए।

भ्रमण स्थगित गरेर राष्ट्रपति पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न भोलि बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम तय भएको जनाइएको छ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो।

सो भ्रमण नेपाल र नेपाली जनताका लागि अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपतिले भ्रमण स्थगित गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए। 

प्रकाशित मिति: : 2023-11-06 15:02:00

प्रतिकृया दिनुहोस्