सशस्त्र प्रहरी बलले रुकुम पश्चिमका भूकम्प पीडितका लागि तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर टेन्ट र पाल पठाएकाे छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज बिहान तीन वटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो।
उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर गएकाे कन्टेनर गएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी बरिस्ठ उपरीक्षक राजेन्द्र खड्काले बताए।
यसअघि भुुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर पठाइ सकिएको वरिस्ठ उपरीक्षक खड्काले जानकारी दिए।
आज पनि भुकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्दार कार्य जारी राखेको छ।