भूकम्प: रुकुम पश्चिमको सानीभेरीमा मात्रै १० जनाको मृत्यु, ७० जना घाइते

जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले रुकुम पश्चिमको आठविसकोट नगरपालिका- १२ मा  भत्किएको घर।
जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले रुकुम पश्चिमको आठविसकोट नगरपालिका- १२ मा भत्किएको घर।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भूकम्पमा परी १० जनाको मृत्यु भएको छ।

भूकम्पमा परी ७० जना घाइते भएको सानीभरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत दिपक बुढाथोकीले बताए।

उनकाअनुसार ७० जना घाइतेमध्ये थप उपचारका लागि २४ जनालाई जिल्ला अस्पतालमा रेफर गरिएको छ। १५ जनाको गाउँपालिकाको अस्पतालमा उपचार भइरेको छ।

घाइते ३१ जना सामान्य उपचारपछि डिस्चार्ज भएको बुढाथोकीले जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएराति पौने १२ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

यस भूमकम्पबाट रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिका बढी प्रभावित भएका छन्।

प्रकाशित मिति: : 2023-11-04 10:27:00

प्रतिकृया दिनुहोस्