संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा सम्बोधन गरिरहँदा पूर्वबाल सैनिक लेनिन विष्टलाई प्रहरीले बीर अस्पतालमा बन्धक बनाएको छ।
उनी त्यहाँ गंगामाया अधिकारीलाई भेट्न पाैने ३ बजे गएका थिए। सोही समयमा उनलाई प्रहरीले अस्पतालभित्रै बन्धक बनाएको हो।
माथिकाे आदेश भन्दै प्रहरीले उनलाई बन्धक बनाएको छ। बिएल नेपाली सेवाको सम्पर्कमा आएका विष्टले अहिले पनि वीर भित्र आफुलाई प्रहरीले राखेको बताए।
यद्यपी बिएल नेपाली सेवासँग उनले कुरा गर्दा गुटेरेस संसदमा सम्बोधन गरेर निस्कि सकेका थिए।
प्रहरीले माथिबाट आदेश आएपछि मात्र छाड्ने बताएको विष्टले बताए।
उनी अस्पतालमा बन्धक बनाइएपछि अहिले मानवअधिकारकर्मी त्यहाँ पुगेका छन्।