महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने, सांसदहरुलाई औपचारिक पाेसाकमा उपस्थित हुन सभामुखकाे निर्देशन

नेपालकाे औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टाेनियाे गुटेरेसले आज (मंगलबार) संघीय संसदमा सम्बाेधन गर्दै छन्। आज दिउँसाे ४ बजे बस्ने राष्ट्रिय र प्रतिनिधिसभाकाे संयुक्त बैठकलाई सम्बाेधन गर्न कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ।

सभामुख देवराज घिमिरेले सांसदहरुलाई औपचारिक पाेसाकमा पाैने ४ बजे संसदमा उपस्थित हुन निर्देशन दिएका छन्।

महासचिव गुटेरेसले सम्बाेधन गर्दै संसदकाे संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी तथा अन्य उच्च पदस्थ व्यक्तिहरुलाई उपस्थितिकाे लागि निमन्त्रणा गरिएकाे छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे निमन्त्रणामा नेपालकाे विकास र जलवायु परिवर्तनकाे असरबारे अध्ययन/अवलाेकन गर्न आइतबार बिहान काठमाडाैँ आएका महासचिव गुटेरेर बिहान अन्नपूर्ण आधार शिविर पुगेका छन्। भने, त्यहाँबाट लुम्बिनी पुग्ने र संसदलाई सम्बाेधन गर्न दिउँसाे काठमाडाैँ आउने कार्यतालिका रहेकाे छ।

संसदलाई सम्बाेधन गर्नुअघि महासचिव गुटेरेसले साेमबार नै सभाकक्षहरुकाे अवलाेकन गरिसकेका छन्।

प्रकाशित मिति: : 2023-10-31 09:17:00

प्रतिकृया दिनुहोस्