राष्ट्रसङ्घका महासचिवले भने- विपिन जोशी सुरक्षित फर्किन्छन् भन्ने कामना गर्दछु

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजराइल–हमास युद्धपछि बेपत्ता भएका नेपालका विपिन जोशीको सुरक्षित घर पर्किने कामना गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तापछि आइतबार आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति समवेदना प्रकट गरे।

‘धेरै माइल टाढाको मध्यपूर्वमामा भएको द्वन्द्वले नेपालका जनताहरुलाई पनि नजिकबाट प्रभावित पारेको छ। हमासले गरेको आतंकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराइरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु’, महासचिव गुटेरेसले भने।

प्रकाशित मिति: : 2023-10-29 15:29:00

प्रतिकृया दिनुहोस्