काेशी प्रदेश सरकार निर्माणबारे छलफल गर्न राप्रपाले बाेलायाे पदाधिकारी बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ।

बैठक शुक्रबार बिहान ८ बजे केन्द्रीय कार्यालय धुमबाराहीमा बस्ने गरी केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनकाअनुसार उक्त बैठकले मुलुकको समसामयिक परिस्थतीको समिक्षा गर्ने, पार्टीका भूगोल केन्द्र्रीत कार्यक्रमहरुको समीक्षा गर्ने र कोसी प्रदेशमा सरकार निर्माणको सन्दर्भमा पार्टीको रणनिती तय गर्ने र आवश्यक निर्णय लिने छ।

दश दिन अगाडि कार्य सम्पादन समितिको बैठकले पदाधिकारीसँग परामर्श गरी आवश्यक निर्णय लिने अधिकार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरेको थियो। सोहीअनुसार अध्यक्ष लिङ्देनले केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेकाे बताइएको छ।

प्रकाशित मिति: : 2023-10-11 16:48:00

प्रतिकृया दिनुहोस्