निजी स्कुलमा ताला लाउँदैमा शैक्षिक क्षेत्रको सुधार हुन्न- पम्फा भुसाल

नेकपा माओवादी(केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले निजी शैक्षिक संस्थालाई धारे हात लाएरमात्र सरकारी शिक्षा मजबुत नहुने धारणा राखेकी छन्।

शुक्रबार अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय टाेलीको बैठकमा विद्यार्थी नेताहरुलाई प्रशिक्षणात्मक निर्देशन दिँदै नेतृ भुसालले यस्तो धारणा राखेकी हुन्।

सरकारी र सार्वजनिक शिक्षालाई महत्व दिने पार्टीको नीति हुँदाहुँदै पनि सरकारी शैक्षिक संस्थालाई बलियो नबनाई र आम मानिसमा आकर्षण पैदा नगराई निजी शिक्षाको पूर्ण विकल्प तयार हुन नसक्ने उनले धारण राखेकी थिइन्।

उपाध्यक्ष भुसालले उपत्यकाका सरकारी र सामुदायिक स्कुललाई निजीसरह गुणस्तरिय बनाउन सकिने सम्भावनाबारे याेजना बनाएर अगाडि बढ्न विद्यार्थी नेताहरुलाई निर्देशन दिएकाे अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनालीले जानकारी दिए।

माओवादीकाे तीन महिने अभियानको समीक्षा गरिएकाे बैठकमा पहिलो चरणमा उपत्यकाका सबै सरकरी शिक्षण संस्थालाई निजीसरह प्रतिस्पर्धी हुने गरी बनाउन कार्ययोजना बनाएरै अघि बढ्न नेतृ भुसालले निर्देशन गरेकी थिइन्।

प्रकाशित मिति: : 2023-10-07 09:59:00

प्रतिकृया दिनुहोस्