सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का वडाध्यक्ष रायको निधन

Symbolic photo
Symbolic photo

सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१  का वडाध्यक्षको आज निधन भएको छ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिएका छन्। 

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी परेका थिए। उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए।  

उनको घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ। विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित भएका थिए। 

प्रकाशित मिति: : 2023-10-01 22:05:00

प्रतिकृया दिनुहोस्