प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी एमालेअध्यक्ष केपी शर्मा ओलीबीच आइतबार विहान भेटवार्ता भएको छ।

प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष ओली बालुवाटार पुगेका हुन्। उनका साथ पार्टी उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौला पनि छन् ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच संसद सचिवालय र सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनका बारेमा छलफल भएको बताइएको छ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । तर, एमालेले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै संसद सञ्चालन गर्न नदिने बताइरहेको छ ।  

 

प्रकाशित मिति: : 2023-10-01 09:36:00

प्रतिकृया दिनुहोस्