यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।
शनिबार दशरथ रंगशालमा भएकाे खेलमा पाकिस्तानलाई ३–० ले हराउँदै भारतले उपाधि जितेको हाे।
खेलकाे ६४ र ८५ मिनेटमा मागेथाङ किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए। त्यस्तै, तेस्रो गाेल इन्जुरी समयमा गोगोसर गोएरीले गरे।
भारतले यसअघि सन् २०२२ र २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो। भारतले दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपाललाई टाइब्रेकर ३–२ ले पराजित गरेर फाइनल प्रवेश गरेकाे थियाे।
उता, पाकिस्तानले भने भुटानलाई सडनडेथमा पराजय गर्दै फाइनलमा स्थान बनाएकाे थियाे।
त्यस्तै, पाकिस्तान समूह ए र भारत समूह बीको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेका थिए। समूह चरणमा भारतले बंगलादेशलाई ३–० र भुटानलाई २–१ ले हराएको थियो भने पाकिस्तानले नेपाललाई १–० र माल्दिभ्ससँग १–१ को बराबरी खेलेका थिए।