शिक्षक आन्दोलन: महासंघकै विरुद्ध नारा लगाउँदै राहतका शिक्षकहरू

सरकारसँग भएकाे ७ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहतका शिक्षकहरुले आन्दोलन जारी राखेका छन्।

सरकार र नेपाल शिक्षक महासंघबीच शुक्रबार भएको सहमतिमा आफ्नो माग सम्बाेधन नभएको भन्दै राहतका शिक्षकहरुले आइतबार पनि आन्दोलन जारी राखेका हुन्।

उनीहरूले शिक्षक महासंघकै विरुद्ध नाराबाजी गरेका छन्। राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राखेकाे उनीहरूले बताएका छन्।

विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो।

शुक्रबार साँझ भएकाे सहमतिपछि शिक्षकहरुले आन्दोलन स्थगित गरेका थिए। तर सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरु आन्दाेलन यथावत राखेका हुन्।

प्रकाशित मिति: : 2023-09-24 13:08:00

प्रतिकृया दिनुहोस्