रत्नपार्क–सूर्यविनायक ‘द्रुत बस सेवा’ शुभारम्भ (भिडियोसहित)

रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सञ्चालनको शुभारम्भ भएको छ।

बुधबार काठमाडौँमा विशेष कार्यक्रममार्फत् भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको शुभारम्भ गरेका छन्।

विशेषगरी कार्यालय समयमा हुने यातायाता व्यवस्थापनको समस्यालाई समाधान गर्नेगरी काठमाडौँका रत्नपार्कदेखि भक्तपुरका सूर्यविनायकसम्म चल्ने गरी द्रुत बस सेवा सञ्चालनको शुभारम्भ गरिएको हो।

‘देशको राजधानीको केन्द्रबिन्दूमा बिहानको समयमा अफिस आउने यात्रुहरु अत्यन्त धेरै हुने, यातायातको अत्यन्त ठुलो आवश्यकता पर्ने ट्राफिक जाम पर्ने त्यो अवस्थालाई ध्यानमा राख्दै कम्तिमा बिहान दुई घण्टा, बेलुका दुई घण्टा यो एक्स्प्रेस बस सेवा सञ्चालन गर्ने निष्कर्षमा हामी पुग्यौँ,’ मन्त्री ज्वालाले भने।

शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले सर्वसाधारणको पीर मर्कालाई बुझेर द्रुत बस सेवा सञ्चालन गरिएको बताए।

यो सेवा आगामी दिनमा अन्य रुटमा पनि सञ्चालन गर्ने गरी तयारी भइरहेको मन्त्री ज्वालाले बताए।

भिडियो:

प्रकाशित मिति: : 2023-09-20 10:45:00

प्रतिकृया दिनुहोस्