कालिका आधारभूत विद्यालयमा समाजसेवी भरत नेपालीकाे सहयोग

जुम्लाकाे तातोपानी गाउँपालिका-६ हियाखाेलास्थित कालिका आधारभूत विद्यालयलाई साेही गाउँपालिका-४ निवासी समाजसेवी भरत नेपालीले शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्।

पालिकाकाे नमुना विद्यालय विद्यालयले ख्याति प्राप्त कालिका आभारभूत विद्यालयलाई समाजसेवी नेपालीले व्यक्तिगत खर्चमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका हुन्।

उक्त सामग्री मंगलबार विद्यालयमा एक औपचारिक कार्यक्रम गरेर हस्तान्तण गरिएको हाे। समाजसेवी नेपालीले विद्याललाई दुई थान भलिवल, २ थान फुटबल, एक थान पम्प, सामान्य ज्ञान ३ थान, बाल कथाका किताब ५ दर्जन र अन्य किताब ९ थान प्रदान गरेको विद्यालयका निमित्त प्रधानाध्यापक लालसिंह कामीले बताए।

प्राप्त शैक्षिक सामाग्रीले विद्यालयको शैक्षिक सुधार तथा बालबालिकाको पठन सीप विकासमा टेवा पुर्‍याउने विद्यालयको आशा रहेकाे उनकाे भनाई छ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै समाजसेवी नेपालीले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

उनले भने, 'पछिल्लो समय निजी विद्यालयमा आर्कषण बढे पनि शिक्षक, विद्यार्थी, अभिभावक तथा सक्रिय विव्यस अध्यक्ष भएमा सामुदायिक विद्यालय नमुना बन्छ भन्ने उदाहरण कालिका आविले दिएको पाएँ।'

उनले कर्णालीकै कान्छा विव्यस अध्यक्षको सक्रियता देखेर कहिले जाउ भएकाले भन्दै सामग्री हस्तान्तरणकाे निउमा पुग्ने अबसर मिलाएकाे बताए। उनले थपे, 'आफ्नो व्यक्तिगत ढंगले विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्न पाउँदा खुसी छु।'

जसले जहाँबाट जेजती सक्छ सोहिनुसार सहयोग गरेको खण्डमा विद्यालय, समाज गाउँ आफै परिवर्तन हुने समाजसेवी नेपालीको विश्वास छ।

अभाव र चुनौतीका बीच पनि सुरुवात आफैबाट गर्नुपर्छ भन्ने मान्यताले सामुदायिक विद्यालय सुधारको पवित्र उदेश्यले केही पुस्तक तथा खेलकुद सामाग्री सहयोग गरेको उनकाे भनाइ छ।

विकटकाे कालिका आधारभुत विद्यालयको शैक्षिक सुधारमा सहयोग गर्ने उदेश्यले शैक्षिक सामाग्री सहयोग गरेकोमा समाजसेवी नेपालीलाई विव्यस अध्यक्ष डिल्ली कामीले बताए। 'सबैको साथ सहयोगले कालिका आविलाई पालिकाको मात्र नभई जिल्लाकै नमुना बनाउने उदेश्य लिइएको छ,' उनले भने, 'आगामी दिनमा हामी याे उपलब्धि हासिल गरेरै छाड्नेछाैँ।'

उनका अनुसार विद्यालयमा डिजिटल प्रणालीबाट पढाइ गर्ने तयारीमा रहेको छ। कक्षा १ देखि ५ सम्म पढाइ हुने कालिका आविमा हाल १ सय ३० जना बालबालिका अध्यायनरत छन्। जसमध्ये अधिकांश दलित समुदायका विद्यार्थी रहेका छन्। कामी अध्यक्षमा निर्वाचित भएकाे ७,८ महिना नबित्दै विद्यालय सुधारको दिशामा अघि बढेकाे छ।

प्रकाशित मिति: : 2023-09-19 15:31:00

प्रतिकृया दिनुहोस्