पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आज (शुक्रबार) रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु. १ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु. ३ वृद्धि गरेको हो।

मूल्य समायोजनसँगै काठमाडौँ पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु. १ सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु. १ सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु. १ सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु. १ सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ।

इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा क्रमशः प्रतिलिटर १ रुपैयाँ १२ पैसा र २ रुपैयाँ ९१ पैसा वृद्धि भई आएकाले खुद्रा बिक्री मूल्य बढाउनु परेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

प्रकाशित मिति: : 2023-09-15 21:44:00

प्रतिकृया दिनुहोस्