बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीले सफाइ पाएका छन्।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई जिल्ला अदालत सुनसरीले बुधबार सफाइ दिएको हाे।
अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले निवेदकको मागदाबी नपुग्ने भन्दै आरोपितले बलात्कार कसुरबाट सफाइ पाउने ठहर गरेको छ।
कृषदासमाथि सुनसरीको चतराधामस्थित आश्रममा आफ्नै अनुयायी महिलालाई २०७६ कात्तिक ४ मा बलात्कार गरेको आरोप लागेको थियो।