ललिता निवास जग्गा प्रकरणमा १७ जना थुनामुक्त भएका छन्। एक जना साधारण तारेखमा र १६ जना धरौटी बुझाएर छुटेका हुन्।
थुनामुक्त हुनेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँगै शिवजी भट्ट, रुद्रकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कलाधर देउजा, घमनकुमार कार्की, गोपाल कार्की, विनोद पौडेल, योगराज पौडेल, नारायणराज मिश्र रहेका छन्।
यस्तै ध्रुवप्रसाद अर्याल, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन, लोकरी घिमिरे र केशव तुलाधर (विनाधरौटी) छुटेका छन्।
अरुणकुमार श्रेष्ठ भने धरौटी बुझाउन नसकेकाले छुटेका छैनन्। उनलाई जिल्ला अदालत काठमाडौंले रु सात लाख ५० हजार धरौटी माग गरेको थियो।
विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो।