गृहमन्त्रीको राजीनामा माग्दै सडकमा उत्रियाे तरुण दल (तस्बिरहरू)

नेपाली कांग्रेस सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले विरोध प्रदर्शन गरेको छ।

कांग्रेस भ्रातृ संस्था तरुण दलले काठमाडौँको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरेको हो।

तरुण दलका पूर्व अध्यक्षसमेत रहेका यादवलाई रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधबार खुकुरी प्रहार भएको थियो।

तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेको छ।

प्रकाशित मिति: : 2023-09-08 14:15:00

प्रतिकृया दिनुहोस्