राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्रले नेपाली क्रिकेट खेलाडी भोकभोकै क्रिकेट खेलिरहेको बताएका छन्।
सोमबार संसदमा बोल्दै शाहीले सरकारले पटक–पटक पैसा दिने बाचा गरेपनि नदिएको भन्दै खेलाडी भोकभोकै खेलिरहेको बताएका हुन्।
उनले सरकारले खेलाडीलाई १७ लाख दिने भनेर वाचा गरेको भए पनि त्यो आजसम्म खेलाडीको खातामा नपुगेको बताए। भोको पेटले राष्ट्रवाद नटिक्ने भन्दै उनले सरकारलाई खेलाडीलाई दिने भनिएको पैसा छिटो दिन आग्रह गरे।
भिडियाे :