राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरुद्ध भएकाे दिनको सेवा सुविधा नलिने घाेषणा गरेकाे छ।
सभामुख देवराज घिमिरेलाई अवरुद्ध संसद बठैक खुलाउन आग्रह गर्दै लेखेको पत्रका साथमा संसद अवरुद्ध भएको दिनको सेवा सुविधा नदिने आग्रह गरेको छ।
यदि यसअघिका दिनमा संसद बैठक अवरुद्ध भएको दिनको सेवा सुविधा उपलब्ध गराइएको भए, अन्य दिनमा मिलान गर्न पनि पत्रमा भनिएको छ।
रास्वपाले सभामुखलाई पत्र बुझाउँदै पटक–पटक एमालेले गरेको संसद अवरुद्धका कारण नागरिकको आवाज बञ्चित भएकोप्रति ध्यानाकर्षण गराएको छ।