नेपालमा मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। न्यूनचापीय प्रणाली र नेपालनजिकै रहेको न्यूनचापीय रेखाको प्रभावले आज पनि मुलुकका विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान् छ।
तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ।
आज राति भने देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।