नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जाने, दुई मन्त्री दिने सहमति

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलपछि नागरिक उन्मुक्ति पार्टी सरकारमा जान तयार भएको हो।

छलफलमा नाउपाले दुई वटा संसदीय समितिको सभापति, एक मन्त्रालय, १ राज्यमन्त्री र उपसभामुख दिने सहमति भएको नेता रेशमलाल चौधरीले जानकारी दिए। उनका अनुसार नाउपाले कृषि मन्त्री र कृषी राज्यमन्त्री पाउनेछ। सुदूरपश्चिम सरकारले बिहीबार पूर्णता पाउने उनले बताए।

प्रधानमन्त्री प्रचण्डसँगकाे छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरी र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलगायतका नेताहरू पनि सहभागी थिए।

प्रकाशित मिति: : 2023-08-01 11:58:00

प्रतिकृया दिनुहोस्