कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीको सेवा सुविधा फिर्ता गरिनुपर्ने भन्दै पत्नी आरती रावलले जिल्ला अदालतमा पत्र पठाएकी छिन्।
बिहीबार आरतीले हुलाक मार्फत पत्र पठाउँदै गिरीले उपभोग गर्दै आएका भान्से, गाडी तथा अन्य सुविधाहरु फिर्ता गरिनुपर्ने भन्दै कपिलवस्तु जिल्ला अदालतमा पत्र पठाएकी हुन्।
अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै उनले तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग राख्दै आरती ३७ दिनदेखि अनशनरत छिन्।
न्यायाधीस गिरीमाथि बैवाहिक बलात्कार , भ्रूण हत्या, घरेलु हिंसा लगाएतका उजुरीहरु कपिलवस्तु जिल्ला अदालतमा दर्ता भएका छन्।