नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा आफ्नो धेरै आलोचना होला भनेर सोचेको भए पनि कम आलोचना भएको बताएका छन्।
साउन २ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकको बुधबार (आज) समापन गर्दै देउवाले आफ्नो कम आलोचना भएकोमा धन्यवाद दिए।
‘साथीहरूलाई धन्यवाद छ। म त धेरै आलोचना होला भनेर सोचेको थिएँ,’ उनले ठट्टा गर्दै भने, ‘कम आलोचना गरेकोमा पनि धन्यवाद।’