नाबालिगलाई क्लब प्रवेश दिएको भन्दै पक्राउ परेका ठमेलस्थित एलओडी (लर्ड अफ दि ड्रिङ्क्स) का दुई कर्मचारीलाई अदालतले धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।
जिल्ला अदालतको आदेश अनुसार दुवैजना जनही एक लाख धरौटी तिरेर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।
काठमाडौं प्रहरीले अनुसन्धानका क्रममा क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगानालाई पनि पक्राउ गरेको थियो। उनीहरुलाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश दिएको हो।
सरकारी वकिल कार्यालयले उनीहरुसहित ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए। नाबालिकलाई क्लबमा छिराएको आरोपमा प्रहरीले उनीहरुविरुद्ध ‘बाल बालिका सम्बन्धी कसुर’मा अनुसन्धान गरेको थियो।