ललिता निवास प्रकरणमा मुछिएका प्रधानमन्त्रीहरुलाई जेल हालेर देखाउन शाहीको चुनौति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले सरकारले ललिता निवास प्रकरण र सुन काण्डमा बास्तविक भ्रष्टाचारीलाई कारबाही नगरेर अरुलाई दुःख दिएको बताएका छन्।

आज (बुधबार)को प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले भ्रष्टाचारका काण्डहरुमा सरकार जरासम्म पुग्न नसकेको बताएका हुन्।

ललिता निवासको जग्गाबारे तत्कालीन मन्त्रीपरिषद् बैठकहरुले निर्णय गरेका मितिहरुको विवरण प्रस्तुत गर्दै सांसद शाहीले उक्त निर्णय गराउने तत्कालीन प्रधानमन्त्रीहरुलाई कारबाही गरेर देखान गृहमन्त्रीलाई चेतावनी दिए। ‘यदि दम, हिम्मत छ भने, यदि साँच्चै यो देशको रुपमा काम गर्ने क्षमता र यदि सोच छ भने तपाईं (गृहमन्त्री)ले तत्कालीन प्रधानमन्त्रीहरुलाई जेल हाल्नुपर्छ’, शाहीले भने।

उनले ललिता निवास प्रकरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने व्यक्तिलाई कारबाही नगरेर व्यवसायीलाई दु:ख दिएको बताए।

उनले भने, ‘रुखको टुप्पा काटेर रुख सुक्दैन, रुखको जरा काट्नुपर्छ बल्ल जरा सुक्छ।’

प्रकाशित मिति: : 2023-07-26 16:35:00

प्रतिकृया दिनुहोस्