सम्बन्ध जाेगाउन विश्वास जरूरी !

Photo: Getty Images)
Photo: Getty Images)

कहिलेकाहीँ व्यस्तताका कारण पनि सम्बन्धहरु टुट्ने गर्छन्। त्यसैले एकअर्काको लागि समय निकाल्ने गर्नुहोस्। कहिलेकाहीं कुराकानी नगर्दा असमझदारी र सम्बन्ध टुटने गर्छ।


हामीले देख्दै वा सुन्दै आएका आएका छौँ। वैवाहिक सम्बन्ध होस् वा कुनै प्रेम सम्बन्ध नै किन नहोस्। त्यहाँ मनमुटाव त हुन्छ नै। जसको कारण हो–शंका। यसले दुई जनाबीच आत्मविश्वास कमजोर बनाउँछ। 

यदि तपाईंहरुको सम्बन्धमा पनि शंका उत्पन्न हुँदैछ र त्यसको समाधान चाहानुहुन्छ भने अपनाउनुहोस् यी सुझाव:

कहिलेकाहीँ आफ्नो पार्टनर अफिसबाट ढिला घर फर्किदा त्यस कुरालाई लिएर झगडा गर्नुुहुन्छ भने त्यस्ता बानीलाई त्याग दिनुहोस्। किनकी त्यस्ता कुराले तपाईको सम्बन्ध धमिलिदैँ जान्छ। 

आफ्नै साथीभाई होस् वा आफनो मान्छे नै किन नहोस् उनीहरुले पनि तपाईलाई तपाइको पार्टनरबारे नराम्रो कुरा लगाएर भाड्न खोज्छन्। त्यसैले अरुको कुरा सुनेर आफनो पार्टनरमा औँला नउठाउनुहोस्। अरुले लगाएका कुरालाई नभई आफनो पार्टनरलाई महत्त्व दिनुहोस्।

कहिलेकाहीँ व्यस्तताका कारण पनि सम्बन्धहरु टुट्ने गर्छन्। त्यसैले एकअर्काको लागि समय निकाल्ने गर्नुहोस्। कहिलेकाहीं कुराकानी नगर्दा असमझदारी र सम्बन्ध टुटने गर्छ।

यदि तपाईलाई तपाईको जीवनसाथीको बानी वा व्यवहारमाथि शंका लाग्छ, भने यसबारे खुलेर कुरा गर्नुहोस्। यसो गर्नाले तपाईहरुबीचको गलत कुराहरु हटेर जान्छ। 

प्रकाशित मिति: : 2023-07-21 21:45:00

प्रतिकृया दिनुहोस्