बुधबार साँझ बरामद गरिएकाे झण्डै एक सय केजी सुन तस्करीमा सहयाेग गरेकाे आशंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरिएको छ।
त्रिभुवन विमानस्थलबाट अहिलेसम्मकै ठुलो परिमाणमा अवैध सुन बरामद भएपछि चन्दलाई निलम्बन गरिएको र अन्यमाथि पनि छानबिन र कारबाहीको तयारी गरिएको भन्सार विभागले जानकारी दिएको छ।
भन्सारका अन्य एक जना सुब्बा पनि निगरानीमा रहेको स्रोतको भनाइ छ।