नेपाल आइस हक्की संघकाे साधारण सभा बागमती प्रदेशका सभामुख भुवन पाठकको अध्यक्षतामा सम्पन्न भएकाे छ।
साधारण सभाको उद्घाटनका क्रममा अध्यक्षसमेत रहेका पाठकले आइस हक्की नेपालमा अत्यन्तै सम्भावना रहेको खेल भएको बताए।
उनले अब आइस हक्कीलाई नेपाली युवामाझ पुर्याउँदै लाेकप्रिय खेलकाे रूपमा विकास गरिने दाबी गरे।
संघका उपाध्यक्ष विजय खड्काले नेपालमा खेल पर्यटनकाे लागि पनि याे सम्भावनायुक्त खेल रहेको जनाए।
हिमाली भेगकाे हावापानी सुँहाउदाे खेल भएकोले नेपालकाे लागि याे सुहाउँदाे भएको र आगामी दिनहरूमा नेपालमा द्रुत गतिमा विकास गरिने उनले बताए।
संघका महासचिव गणेश रिमालले विधान संशाेधन साधारण सभामा पेश गरेका थिए। साे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
कास्की आइस हक्की संघका अध्यक्ष विरेन्द्र पाैडेलले उद्घाेषण गरेकाे उक्त कार्यक्रममा काठमाडौं आइस हक्की एसाेसिएसनकाे तर्फबाट अध्यक्ष प्रज्जवल थापाले सभामुख पाठकलाई सम्मान गरेका थिए। साधारण सभामा केन्द्रीय पदाधिकारी, सदस्यलगायत विभिन्न जिल्लाका प्रतिनिधिले भाग लिएका थिए।