देशकाे नेतृत्व दलित समुदायले लिएमात्र समस्याकाे समाधान हुन्छ: ज्ञानेन्द्र शाही (भिडियाे)

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले देशकाे नेतृत्व दलित समुदायले लिएमात्र समस्याको समाधान हुने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बाेल्दै शाहीले जातीयताका आधारमा राजनीति गरेर सिँडी बनाउनेहरुले दलितको छोराछाेरीलाई प्रधानमन्त्री किन बनाउन नसकेको भन्दै प्रश्न गरेका छन्।

‘जातीयताको आधारमा राजनीति गर्ने, तिनीहरुलाई लासको सिँडी बनाउने, जब सत्ताको मुखमा आएर कहिल्यै अगाडि नल्याइने आखिर किन? भिमसेन थापाको पालादेखि अहिलेका प्रधानमन्त्री प्रचण्डको पालासम्म देशमा दलितको छोराछाेरी प्रधानमन्त्री किन बन्दैन?,’ उनले भने,‘दलित जनजातिको आवाज उठाउँछु भन्नेहरुले गरीब, निमुखा, सर्वहाराको पक्षमा आवाज उठाउँछु भन्नेहरूले त्यो समुदायको प्रतिनिधित्व गरेको मान्छेलाई प्रधानमन्त्री किन बनाउन सकेन?’

शाहीले २१औँ शताब्दीमा समेत यस्तो समस्या आइरहनु ठुलो समस्याको विषय रहेको बताएका छन्। रुकुमको नरसंहारलाई सम्झिँदै उनले केही दिन पहिले जुम्लामा भएको विभेदले नेतृत्वमाथि प्रश्न उठेको जिकिर गरे। 

प्रकाशित मिति: : 2023-07-14 15:06:00

प्रतिकृया दिनुहोस्