पत्नी सीता दाहालको निधनको कारण शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सम्पूर्ण राजनीतिक र कुटनीतिक कार्यक्रम चार दिनको लागि स्थगित भएका छन्।
प्रधानमन्त्री प्रचण्डले असार ३० गतेसम्मका सम्पूर्ण राजनीतिक र कुटनीतिक कार्यक्रम स्थगित गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यो अवधिमा प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटारमा आउनेहरुसँग मात्रै भेटघाट गर्ने जनाइएको छ।
प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको हिजो (बुधबार) निधन भएको थियो।